नेपाल र माल्दिभ्स सेमिफाईनलमा भिड्दै

नेपाल र माल्दिभ्स सेमिफाईनलमा भिड्दै

  • शनिबार, फाल्गुन १, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

फागुन १, काठमाण्डौं । भारतमा जारी १२ औ दक्षिण एसियाली खेलकुद सागको पुरुष फुटबलमा फाईनल प्रवेशका लागि नेपाल र माल्दिभ्सबीच आज प्रतिस्पर्धा हुदैछ ।

उपविजेता बन्दै सेमिफाईनल प्रवेश गरेको नेपाल आजको खेलमा माल्दिभ्सलाई हराएर १७ बर्षपछि सागको फाईनल यात्रा तय गर्ने योजनामा छ । खेल गुवाहाटीमा रहेको इन्दिरा गान्धी स्टेडियममा साझ सवा ७ बजे सूरु हुनेछ ।

चोटका कारण बंगलादेशबिरुद्धको खेलमा नेपालले मुख्य खेलाडीहरु बिमल घर्तिमगर, अन्जन विष्ट, नवयुग श्रेष्ठ र गोलकिपर विकेस कृथुलाई आराम दिएको थियो । समुह चरणको खेलमा भुटानबिरुद्ध ह्याट्रिक गरेका स्ट्राईकर नवयुग चोटका कारण खेल्ने निश्चित भइसकेको छैन् ।
तर अन्जन र बिमलले आज खेल्ने छन् ।

सन् १९९४ र १९९३ मा साफमा स्वर्ण जितेको नेपाल त्यसयता सागमा फाईनल प्रवेश गर्न सकेको छैन् । बंगलादेशमा बंगबन्धु गोल्डकप जितेपछि भारत प्रस्थान गरेको नेपाललाई प्रतियोगिताको दाबेदार मानिएको छ ।

२३ बर्ष मुनिका अधिकांश खेलाडी सहभागि प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा बंगलादेशसंग पराजित भएको थियो । अर्को सेमिफाईनलमा आजै भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी