ट्रायथोलनतर्फ नेपाललाई कास्य

ट्रायथोलनतर्फ नेपाललाई कास्य

  • शनिबार, फाल्गुन १, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाण्डौ,१ फागुन ।

दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गतको ट्रायथोलनतर्फ नेपालले आज कास्य पदक जितेको छ ।  पहिलो पल्ट समावेश भएको दक्षिण एसियाली खेलकुद९साफ०मा पौडी ७५० मि, साइक्लिङ २० किमी र दौड पाँच किमीको खेलमा रोजा केसीले सफलता हासिल गरेकी हुन् । उनले एक घन्टा १६ मिनेटको समय लगाइन् ।

नेपालकी अर्की प्रतिस्पर्धी यमकुमारी घले पाँचौंँ स्थानमा रहिन् । उनले एक घन्टा २० मिनेट २९ सेकेन्डमा सबै पूरा गरेकी थिइन् । सो खेलमा स्वर्ण र रजत भारतीयले जितेका थिए । पल्लवी रेतिवालले एक घन्टा ११ मिनेट ५७ सेकेन्डबाट स्वर्ण र पूजा चौरसियाले एक घन्टा १२ मिनेट ३६ सेकेन्डबाट रजत पदक जितेका थिए ।

पुरुषतर्फ नेपालका रुद्र कटवाल र टीकाराम थापा पुछारको दुई स्थान ९पाँचौंँ र छैटाँैं० मा रहेका थिए । सो पदकसँगै नेपालले पाउने पदकको सङ्ख्या ३४ पुगेको छ । तीमध्ये एक स्वर्ण, १२ रजत र २१ कास्य नेपाललले जितेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी