उत्पादनको २ प्रतिशत मात्रै अदुवा निर्यात

उत्पादनको २ प्रतिशत मात्रै अदुवा निर्यात

  • शनिबार, फाल्गुन १, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

सल्यान, १ फागुन ।

जिल्लाको प्रमुख नगदेवालीको रुपमा रहेको अदुवा उत्पादनको २ प्रतिशत मात्रै जिल्ला बाहिर निर्यात भएको छ । अघोषित नाकावन्दीका कारण अदुवाले बजार पाउन नसकेपछि २ हजार मेट्रिक टन भन्दाबढि अदुवा जिल्लाभित्रै थन्किएको हो ।

जिल्लाका विभिन्न गाविसहरुमा यस वर्ष २४ हजार ३ सय १० मेट्रिक टन अदुवा उत्पादन भएकोमा हाल सम्म ४ सय मेट्रिक टन मात्र निर्यात भएको जिल्ला कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

लामो समय सम्म भारतले गरेको नाकावन्दीका कारण देश वाहिर निर्यात हुन नसकेकाले अदुवाले बजार पाउन नसकेको जिल्ला कृषि विकास कार्यालय सल्यानका वरिष्ठ कृषि विकास अधिकृत टेक प्रसाद लुइटेलले जानकारी दिनुभयो ।

जिल्लामा उत्पादन भएको अदुवा मुख्य रुपमा भारत तथा नेपालका प्रमुख वजारहरुमा निर्यात हुने गर्दथ्यो । नाकावन्दीका कारण निर्यात गर्न असहज भएपछि कृषकहरुले अदुवालाई सुुठो वनाएर विक्रि गर्न थालेका छन् ।

जिल्लामा १ हजार ९ सय ९५ हेक्टरमा अदुवा खेति गरिएकोमा गत वर्षको भन्दा उत्पादनमा कमी आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । “ वर्षायाममा प्रयाप्त पानी नपरेपछि अदुवाको उत्पादन पनि घटेको हो ।” वरिष्ठ कृषि विकास अधिकृत लुइँटेलले भन्नुभयो । उत्पादन भएको अदुवा बिक्री नभएपछि किसानहरु चिन्तित भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी