महिला फुटबलमा नेपालले उपाधीका लागि फेरी भारत विरुद्ध खेल्ने

महिला फुटबलमा नेपालले उपाधीका लागि फेरी भारत विरुद्ध खेल्ने

  • शनिबार, फाल्गुन १, २०७२
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौं, फागुन १ । नेपालले १२ औं साग गेम्स अन्तर्गत महिला फुटबलको उपाधीका लागि फेरी भारत विरुद्ध खेल्ने भएको छ । यस अघि लगातार भारत विरुद्ध खेल्दै आएको नेपालले फेरी पनि भारतलाई नै प्रतिद्धन्दीको रुपमा पाएको छ ।
आज भएको लिग चरणको अन्तिम खेलमा नेपालले श्रीलकालाई र भारतले बंगलादेशलाई हराए पछि उपाधीका लागि फाईनल समिकरण तय भएको हो ।

नेहरु स्टेडियममा भएको समूहको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ४ शुन्यले स्तब्ध बनाउँदै अपराजित यात्रा कायम राखेको छ । समूहको शीर्षस्थानमा रहेको नेपालले खेलको सुरुआत देखिनै श्रीलंकालाई दबावमा राखेको थियो।

खेलको सुरुआती १५ मिनेटभित्र पहिलो गोल गरेको थियो । मनमाया लिम्बुले डि बक्सबाहिरबाट प्रहार गरेको फ्रि किकमा श्रीलंकन खेलाडीले आत्मघाती गोल गरेका थिए ।

नेपालकी खेलाडी सावित्रा भण्डारीले खेलको ६३ र ७४ औँ मिनेटमा गोल गरेकी थिएन यस्तै खेलको ७९ औँ मिनेटमा सपना लामाले गोल गरेकी हुन ।

योसंगै नेपाल समूहमा १० अंकका साथ पहिलो स्थानमा रहदै फाइनलमा पुगेको छ । नेपालले यसअघि भारतसंग बराबरी, बंगलादेशलाई ३ शुन्य, मालदिभ्सलाई २ शुन्यले हराएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी