आलाप रेकर्डिङ स्टुडियोले दैनिक जसो बिभिन्न नया नया गीतहरु रेकर्ड गर्दै आउने क्रममा आज पनि अर्को चेतनामुलक गीतको रेकर्ड सम्पन्न गरेको छ।अनामनगरमा रहेको आलापका संचालक झलक संगितमको आवाजमा साथ कृष्ण खडका रहेको छ ।
गीतको प्रस्तुतकर्ता कृष्ण खड्का हुन् भने केहि शब्दमा अब्बल देखिएका सर्जक कृपाराम धमलाको शब्द र गोबिन्द सेर्पालिको यसमा संगीत रहेको छ । पछिल्लो पटक देशमा भएको अराजकताप्रति औला उठाउदै देशको बिकाशमा उठौ भन्ने शब्दहरु समाहित गीतमा साचिकै देशका जनतालाई जागरण गराउने यो गीतका प्रस्तुतकर्ता कृष्णले दिनु भयो ।
हरेक गीतमा फरक पहिचान हुनु पर्छ भन्ने यो गीतले पनि देखाएको छ अब छिट्टै आलाप रेकर्डिङ स्टुडियो बाटै बजारमा आउन लागेको कम्पनीका संचालक संगीतमले जानकारी गराउनु भयो ।गीतको एक टुक्का एस्तो छ :-
सुनौली गयो टनकपुर् गयो लिपुलेक जानेरे
देशी बिदेशी दलाल मिलि यो देशलाई खानेरे
त्यसैलेत उठ उठ उठ हो नेपाली दाजु भाइ
राष्ट्रियता स्वतन्त्रता गणतन्त्र बचाउनलाई
