सरस्वति बाल आश्रममा ३६५ दिन पोषणयुक्त कार्यक्रम सुरु गर्ने 

सरस्वति बाल आश्रममा ३६५ दिन पोषणयुक्त कार्यक्रम सुरु गर्ने 

  • शुक्रबार, माघ २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

 माघ २९ धरान / सरस्वति बाल आश्रममा आश्रित बालबालिकाहरुको लागि ३६५ दिनै पोषणयुक्त खानाको कार्यक्रमले एकवर्ष पूरा गरेको अवसरमा वर्षगाँठ मनाउने तयारी गरेको छ ।
फागुन १ गते सरस्वति पूजाको अवसर पारेर वर्षगाँठ मनाउन लागेको हो ।
गत माघ ११ गते सरस्वति पूजाबाट कार्यक्रम सुरु भएको थियो । आश्रममा २० जना बालबालिकाहरु आश्रित छन् । जस्मा २८० जना दाताहरुको सहयोगबाट पोषणयुक्त खाना खुवाइएको आश्रमका सचिव मनिष खड्गीले आज पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
२०४८ सालदेखि सुरु भएको यो आश्रममा यो कार्यक्रम लागू गरिएको हो ।
यो कार्यक्रमलाई थप पूरा गर्नको लागि पनि दाताहरुको खोजीमा आश्रम लागेको छ । २८० दाताहरुबाट ६ लाख ३५ हजार ५ सय २२ रुपैया संकलन भएको थियो ।

त्यसमध्ये ६९ हजार ९ सय ७० रुपैया बचत भएको पोषण युक्त कार्यक्रमका संयोजक बिकास बनेपालीले बताए ।
त्यस्तै ७६ जना दाताहरुले दिएको १ लाख ३० हजार ३ सय रुपैया रकम बचत रहेको छ । यो वर्ष पनि त्यो कार्यक्रमलाई निरन्तरता दिने उद्देश्य संस्थाले राखेको छ ।

संस्थाले हरेकवर्ष झै यो वर्ष पनि निःशुल्क आँखा शिविर राख्ने तयारी गरेको छ । फागुन ३ गते शिविर हुने आश्रमकी अध्यक्ष अम्बिका राईले बताइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी