छोरालाई फलामको खोरमा थुन्न सहकारीबाट ऋण

छोरालाई फलामको खोरमा थुन्न सहकारीबाट ऋण

  • शुक्रबार, माघ २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

दोलखा, माघ २९ –

दोलखाको जुँगु ४ का एक युवक फलामे खोरमा १५ महिनादेखि थुनिएका छन् । मानसिक सन्तुलन गुमाएका भनिएका ४० वर्षका श्यामबहादुर भुजेल फलामे खोरभित्र आफ्ना दिन कटाउन बाध्य भएका छन् ।

उहाँले दिसापिसाब खोरमै गर्ने गर्नुभएको छ । परिवारको आर्थिक अवस्था ज्यादै नाजुक भएकै कारण उपचार गर्न छोडेर उहाँलाई फलामे खोर बनाएर थुन्न परेको श्यामका भाइ छत्रबहादुर भुजेलले बताउनुभएको छ ।

बभाइ छत्रबहादुर भन्नुहुन्छ, ‘घरको आर्थिक अवस्था ज्यादै नाजुक छ । सामान्य दालभात खान नै मुस्किल छ । दाइको उपचार गराउँदा भएको रकम सकियो । अहिले औषधि खान छोडेसँगै दाजुले गाउँमा विध्वंश मच्चाउँछन् ।’ गाउँलेको घर अगाडि थुपारिएको परालमा आगो लगाउने, बाटो हिँड्ने मानिसलाई ढुङ्गाले हान्ने जस्ता कार्य गर्ने गरेपछि श्यामबहादुरलाई खोरभित्र थुनेर राख्न बाध्य भएको परिवारजनको भनाइ छ ।

गएको आठ वर्षदेखि सामान्य रहेको उहाँको अवस्था भूकम्पपछि धेरै बिग्रन पुगेको स्थानीय बासिन्दा बताउँछन् । खोरमा थुनेर नराख्दा गाउँभरिका मानिसलाई दुःख दिएका कारण परिवारले जरिवानास्वरुप झयडै एक लाख रुपैयाँ तिरीसकेको भाइले बताए । बाहिर बारीमा खोर बनाएर राखिएको र बिहान बेलुकी जेजस्तो भएको पकाएर खुवाउने गरेको श्यामबहादुरकी आमा जगतमाया भुजेल बताउनुभयो ।

‘मानिस हो । पशु सरह खोरमा थुनेर राख्न कसलाई मन हुन्छ र एक पैसा नभएका कारण उपचार गर्न सकिएन ।’ आमा जगतमायाले भन्नुभयो । छोरो थुन्न फलाम किन्नकै लागि गाउँमा रहेको जनउपकार सहकारी संस्था लिमिटेडबाट २० हजार रुपैयाँ ऋणसमेत लिएको जगतमाया बताउँछिन् । उनलाई फलामको प्वालबाट खाना खान दिने गरिएको छ ।

वर्गाकार फलामे खोरमा ताला लगाउने चुकुल राखिएको छ । ताला भने कहिल्यै खोल्ने नगरेको आमा जगतमायाले बताउनुभयो । अहिले परिवार भने कोही मनकारीले उपचारमा सहयोग गरिदिए हुन्थ्यो भन्ने आशामा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी