राजधानीका ५ म्यानपावर कम्पनीमा राजस्वको छापा, सबै कागजपत्र नियनत्रणमा

राजधानीका ५ म्यानपावर कम्पनीमा राजस्वको छापा, सबै कागजपत्र नियनत्रणमा

  • शुक्रबार, माघ २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं, २९ माघ ।

राजस्व अनुसन्धान विभागले काठमाडौंको एसओएससहित राजधानीका ५ वटा म्यानपावर कम्पनीमा छापा मारी कागतपत्र नियन्त्रणमा लिएको छ ।

लाखौं रुपैयाँ कर छली गरेको आशंकामा काठमाडौंको धापासीमा रहेको एसओएस म्यानपावर सर्भिस,इन्टरनेसनल मेनपावर रिक्रुटमेन्ट प्रालि, क्याराभान इम्प्ल्वाइमेन्ट प्रालि, आर्कषक इन्टरनेशल प्रालि र द रिभर ओभरसिजमा छापा मारेको हो ।

सरकारलाई तिर्नुपर्ने कर नतिरि गैर कानुनी रुपमा कार्य गरिरहेको भन्दै ती म्यानपावरमा छापा मारि सम्पूर्ण कागजात र कम्प्युटरसमेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकोे विभागले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि वैदेशिक रोजगारीका नाममा मानव बेचबिखन भएको भन्दै चासो व्यक्त गरेको छ ।

यता ठगीको उजुरीको चाङ परेपछि महानगरीय अपराध महाशाखाले पनि म्यानपावर कम्पनी र उनीहरुका एजेन्टमाथि निगरानी गरि भित्र भित्रै अनुुसन्धान गरिरहेको बताएको छ ।

त्यस्तै कर छलीकै आशंकामा विभागले काठमाडौंको कंगारु एजुकेशन फाउण्डेशन, दीक्षा इन्टरनेशनल, अरबिट इन्टरनेशनल एजुकेशन नेपाल, इन्टरनेसनन एजुकेशन कन्सल्ट्यान्सी र भायोनेट कम्युनिकेशन एवं इन्फोकम कम्पनीमा पनि छापा मारेको छ । विभागले उनीहरुको पनि सम्पूर्ण कागजात नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी