काठमाडौँ, २८ माघ । पूर्व प्रधानमन्त्री एवं काग्रेस सभापति शुसील कोईरालाको मृत्युका बारेमा विभिन्न प्रश्नहरु विभिन्न तरीकाले उठीरहेका बेला कोईराला विरामी भए पछि एम्बुलेन्स नै नआएको उनका निजी चिकित्सकले दावी गरेका छन् ।
कोईरालाका निजी चिकित्सक डा. कवीरनाथ योगीले रिपोर्टस क्लबको पत्रकार सम्मेलनमा चाहेर पनि अस्पताल लान नभ्याएको भन्ने अभिव्यक्ति पनि आश्चर्यजनक भएको तर्क शुभचिन्तकहरुको छ ।
“ राति अस्पताल लैजान एम्बुलेन्सका लागि धेरै फोन गरेको तर अस्पतालको फोन नउठेको र एम्बुलेन्सको व्यवस्था हुन सकेन ” डा. योगीले भने ।“घरमा भएका दुइटै गाडीमा अक्सिजनको व्यवस्था नभएकाले जोखिम उठाएनाँै, अस्पताल लैजान अलिकति भ्याईएन” उहाँले भन्नु भयो । डा योगीले गत शुक्रबार खोकी बढेपछि र शनिबार कोइरालाले ‘गाह्रो भएको’ भनेपछि थप एन्टिबायोटिक दिइएको बताए ।
आइतबार बिहान ६ बजे जाँच गर्दा १०१.५ डिग्री फरेन्हाइट ज्वरो थियो, परिवारसँगको सल्लाहमा आइतबारदेखि तीन एन्टिबायोटिक चलाएको थिएँ, सोही दिन बेलुका ९ बजे पनि मैले जाँच गर्दा अवस्था ठीकै थियो ।”
सोमबार बिहान ४ बजे “कोइरालालाई गाह्रो भयो’ भनेर फोन आएको बताउँदै डा योगीले बिहान ४ः३० मा आफू उहाँको निवास महाराजगन्ज पुग्दा रक्तचाप बढेको जानकारी दिए ।
कोइरालाले आफूलाई गाह्रो भएको भने पनि त्रिवि शिक्षण अस्पतालमा ६०१ नंको शय्या सुरक्षित राखिएको जानकारी दिँदै उनले भने, “ उहाँले दिउँसो जाउलो खानुुभयो, दुई कचौरा जाउलो खाएपछि अवस्था सामान्य सम्झेर परिवारसँगको सल्लाहमा अपराह्न ३÷४ बजेतिर बेड क्यान्सिल गर्यौं ।”
सो अवधिमा आफूले सधैँ कोइरालाको जाँच गर्न जाने गरेको बताउँदै डा योगीले गत सोमबार (माघ २५) बेलुका उहाँको अवस्था सामान्य नै रहेको तर राति १०ः३० बजे अचानक श्वास लिन गाह्रो भएको भनेर उहाँका भतिजा अतुलको फोन आएको जानकारी डा योगीले गराउनु भयो ।डा योगीले औषधि र सुइसहित करिब ११ः३० बजे राति आफू कोइराला निवास पुग्दा उहाँको अवस्था गम्भीर रहेको दावी गरे ।
“उहाँलाई बोल्न अप्ठ्यारो भएको थियो, निलो भइसक्नुभएको थियो, अक्सिजन बढाएर हेरेँ, तीन सुइ लगाएँ, लगाउँदा लगाउँदै आधा, पौने घन्टा भयो होला, दुर्भाग्यवश अस्पताल लैजान सकिएन ।” डा. योगीको तर्क छ ।
निधारमा चन्दनले घाउ छोपेको भन्ने सञ्चारकर्मीको जिज्ञासाका सम्बन्धमा डा योगीले कोइराला निवासमा नियमित चन्दन लगाउन आउने एक जना व्यक्तिले लगाएको हुन सक्ने जिकिर गरे ।