नेपाल बंगलादेशसग‘ पराजीत

नेपाल बंगलादेशसग‘ पराजीत

  • बिहिबार, माघ २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, २८ माघ । दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत पुरुष फुटबल प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपाल आज बङ्गलादेशसंग पराजीत भएको छ ।

भारतको गुहावटीमा भएको खेलमा नेपालले शुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा २–१ गोल अन्तरले पराजीत भयो ।
नेपालका लागि जगजीत श्रेष्ठको कर्नरमा अनन्त तामाङले खेलको तेस्रो मिनेटमै गोल गरेका थिए ।
त्यस पछि ४० र ४५ औं मिनेटमा बंगलादेशले दुई गोल गरेको थियो । नेपालले विमल घर्ती र अञ्जन विष्ट र विकेश कुथुलाई आराम दिएको थियो । उनीहरु बिनाको खेलमा नेपालले उत्कृष्ट शुरुवात गरे पनि त्यसलाई टिकाउन नसक्दा पराजीत भयो । नेपालले अब सेमिफाईनलमा माल्दिभ्स विरुद्ध खेल्ने छ ।
नेपालले यसअघि भएको पहिलो खेलमा भुटानलाई ५–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरिसकेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी