माघ २८, काठमाडौं । आईसीसी अन्डर १९ विश्वकप क्रिकेटमा सातौं स्थानका लागि खेलिएको म्याचमा नामिवियासग‘ नेपाल पराजीत भएको छ ।
नामिवियाले दिएको २ सय २६ रनको लक्ष्य पछ्याएको नेपाल ४४ दशमलव २ ओभरमा २ सय १९ रनमा अल आउट भए पछि १५ रनले पराजीत भएको हो ।
यो पराजयसगै नेपालले बंगलादेशमै सन् २०१८ मा हुने अण्डर १९ विश्वकपमा सोझै छनौट हुने मौका समेत गुमाएको छ ।
नेपालका लागि सुनिल धमलाले सर्वाधीक ५९ रन बनाए भने योगेन्द्र सिंह कार्की ३५, प्रेम तामाङ ३२, दिपेन्द्र सिंह ऐरीले ३१ तथा आरीफ सेखले ३० रन बनाउनु बाहेक अन्यले दोहोरो रन जोड्न सकेनन् ।
ओपनर शंकर राना २ रन, कप्तान राजु रिजाल १, राजवीर सिंह २, कुसल भुर्तेल २ रनमा आउट भए ।
फ्रान्सियोस राउटेनवाच र मिकेल भान लिन्जेनले छैटौ विकेटकालागि ९१ रनको साझेदारी गरेपछि नामिवियाले २ सय २५ रनको स्कोर खडा गरेको थियो ।
पहिला बलमै विकेट गुमाएर दबाबमा आएको नामिवियाका लिन्से लोहनको अर्धसतकिय इनिङ्सको मदतले सम्हालिएको प्रर्दशन गरेको थियो । खराब मौसमका कारण ४५ ओभरमा छोट्याईएको खेलमा नामिवियाले ९ विकेटको क्षतिमा २ सय २५ रन बनायो ।
नेपालका सन्दिप लामिछानेले ३, सुशिल कडेलले २ तथा प्रेम तामाङ्ग र शुनिल धमलाले समान एक विकेट लिए ।