वेष्ट ब्रोम अन्तिम १६ मा प्रवेश

वेष्ट ब्रोम अन्तिम १६ मा प्रवेश

  • बिहिबार, माघ २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं,२८ माघ ।

वेष्ट ब्रोम एफ ए कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

गएबार राति सम्पन्न चौंथो चरणको रिप्लेमा लिग वान क्लब पिटरबोरालाई टाइब्रेकरमा ४–३ ले पाखा लगाउदै वेष्ट ब्रोमले अन्तिम १६ मा स्थान बनाएको हो ।

निर्धा्रित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।

यसअघि गएको जनवरी ३० मा भएको चौंथो चरणको खेलमा पनि यी दुई क्लबले २–२ को बराबरी खेलेका कारण रिप्ले खेल्नु परेको हो ।

५५ औं मिनेटमा जाने टेलरले पिटरबोरालाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर ७१ औं मिनेटमा वेष्ट ब्रोमका डरेन फ्लेचरले बराबरी गोल फर्काएपछि खेल टाइब्रेकरमा पुग्यो । टाइब्रेकरमा नतिजा ४–३ ले वेष्ट ब्रोमको पक्षमा गयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी