नेपाल पाकिस्तानसँग पराजित

नेपाल पाकिस्तानसँग पराजित

  • मङ्लबार, माघ २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौँ, २६ माघ । उन्नाइस वर्षमुनि (यु–१९) उमेर समूहको विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत पाँचौँ स्थानका लागि आज भएको पाकिस्तानविरुद्धको ‘प्ले अप म्याच’मा नेपाल पराजित भएको छ ।
बङ्गलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मन अली रङ्गशालामा टस जितेर पहिले फिल्डिङ रोजेको नेपाल पाकिस्तानसँग १२२ रनले पराजित भएको हो । पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २५८ रन जोडेको थियो ।
जवाफी ब्याटिङमा उत्रेको नेपाल ४३.५ ओभरमा सबै विकेट गुमाउँदै १३६ रनमा समेटियो । पाकिस्तानका जितमा हसन मोहिनले शतकसहित ११७ रन जोडे भने सइफ मोहसिनले ८८ बनाए । त्यस्तै, नेपालका लागि भने प्रेम तामाङले सर्वाधिक ६५ रन जोडे । कप्तान राजु रिजालले १५, सन्दीप सुनुवार पाँच तथा योगेन्द्र सिंह कार्कीले चार रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेन ।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले तीन, आरिफ शेख र दीपेन्द्र ऐरीले समान दुई÷दुई विकेट लिए भने सुशील कँडेलले एक विकेट लिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी