गौरीकालाई तेस्रो कास्य पदक, आर्चरीमा पुनलाई

गौरीकालाई तेस्रो कास्य पदक, आर्चरीमा पुनलाई

  • मङ्लबार, माघ २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

गुवाहाटी (भारत), २६ माघ । भारतमा जारी बाह्रांै दक्षिण एसियाली खेलकुद (साग) मा नेपालकी १३ वर्षीया गौरीका सिंहले तेस्रो कास्य पदक जितेकी छिन् । यहाँ भएको पौडीको चारसय मिटर फ्रिस्टाइलमा आज पनि कास्य जित्दै उनले एउटै सागमा तीन कास्य पदक जित्न सफल भएकी हुन् ।
गौरीकाले आज निर्धारित दुरी ४ मिनेट ४ दशमलव ९३ सेकेन्डमा पार गर्दै कास्य पदक जित्नुका साथै नयाँ राष्ट्रिय कीर्तिमान बनाइन् । यसअघि, सोफिया साहको नाममा रहेको ५ मिनेट ०७ दशमलव ९१ सेकेण्डको रेकर्ड उनले तोडेकी हुन् ।
आर्चरीमा पनि कास्य पदक
भारतको सिलोंगमा जारी बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले आर्चरीको व्यक्तिगत स्पर्धामा आज कास्य पदक जितेको छ ।
आर्चरीको पुरुषतर्फको व्यक्तिगत स्पर्धामा नेपालका प्रेमप्रसाद पुनले कास्यपदक दिलाएका हुन् । तेस्रो स्थानका लागि भएको प्रतिष्पर्धामा श्रीलङ्काका खेलाडीलाई ६–० ले पछि पार्दै उनले कास्य पदक जितेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ