काँग्रेसीजन भन्छन्, “सुशील‘दा’ नचिनेका कार्यकर्तालाई पनि चिनेजसरी बोलाउनुहुन्थ्यो’’

काँग्रेसीजन भन्छन्, “सुशील‘दा’ नचिनेका कार्यकर्तालाई पनि चिनेजसरी बोलाउनुहुन्थ्यो’’

  • मङ्लबार, माघ २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

“आयो टप्प टिप्यो लग्यो मिति पुग्यो, टारेर टर्दैन त्यो..”, नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको गए राति अकस्मात् निधन भएपछि कविशिरोमणि लेखनाथ पौड््यालको यो कविता पाँचथर निवासी एक काँग्रेस कार्यकर्ता नरेश रिजालले उच्चारण गर्नुभयो ।

उहाँको देहावसानको खबर सुनेपछि पत्याउन नसकेर आफँैं पुष्टि गर्न कोइराला निवास महाराजगन्ज आउनुभएका उहाँले भन्नु भयो, “मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रहेछ ।”
रिजाल मात्र होइन बिहानै कोइराला निवास पुगेका सबै काँग्रेसीजन नेता कोइरालाको निधनलाई पत्याउन सकिरहेका थिएनन् । उनीहरु जिज्ञासु भएर यताउता गरिरहेका थिए । मृत्यु स्विकारेका केही कार्यकर्ता भने ‘नेपाली काँग्रेस जिन्दावाद’, सुशील‘दा’ अमर रहून् जस्ता नारा लगाइरहेका थिए ।
नेपाल विद्यार्थी सङ्घका कार्यकर्ता रुपा पोखरेल पार्टीले अभिभावक गुमाएको कुरा पत्याउन नसकिरहेको बताउनुहुन्छ । कोइरालाको अभिभावकत्व सधँै पाएको बताउँदै उहाँले भन्नुभयो, “उहाँ कार्यकर्तालाई धेरै रेखदेख गर्नुहुन्थ्यो, नचिनेको मान्छेलाई पनि एकै चोटि चिनेजसरी बोलाउनुहुन्थ्यो ।” यति भनिरहँदा उहाँका आँखाका आँसु रोकिएनन् ।
कोइराला निवासमा भेटिएका काँग्रेस युवा नेता गगनकुमार थापा पनि कोइरालाको निधन पत्याउन सकिरहनु भएको थिएन । कोइरालाको नेतृत्वमा संविधान निर्माण भएको स्मरण गर्दै उहाँले भन्नुभयो, “काँग्रेसको एउटा धरोहर ढलेको छ, अब उहाँले लोकतन्त्रका लागि अविचलित भएर लडेको कुराबाट सिक्दै हामी अघि बढ्नुपर्छ ।”
नेपाली चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई स्वच्छ छवि भएको नेतामध्ये कोइराला सबैभन्दा अगाडि रहेको बताउँदै भन्नुहुन्छ, “देशले एउटा इमान्दार नेता गुमाएको छ ।” नेवि सङ्घका केन्द्रीय सदस्य प्रकाश महर्जन ‘कोइरालाको सम्मानका लागि अब काँग्रेसले ६०÷४० को राजनीति त्याग्नुपर्छ’ भन्नुहुन्छ । काँग्रेस महामन्त्री प्रकाशमान सिंहले ‘कोइराला सुरुदेखि नै पार्टीको ‘डेडिकेटेड’ कार्यकर्ता रहेको स्मरण गर्नुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी