यसकारण भयो छोरी बुहारीलाई सहज

यसकारण भयो छोरी बुहारीलाई सहज

  • मङ्लबार, माघ २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

म्याग्दी, २६ माघ ।

म्याग्दीको ग्रामीण क्षेत्रमा क्याम्पस र उच्च मावि खुलेपछि छोरी बुहारीलाई उच्च शिक्षा हासिल गर्न सहज भएको छ ।

घरायसी, पारिवारिक र आर्थिक कारणले सहर बजारका क्याम्पस तथा उच्च माविमा पुगेर शिक्षा हासिल गर्न नसक्ने अवस्थामा रहेका छोरी बुहारी तथा विपन्नका लागि राहत मिलेको छ । घरकै आटोपिठो खाएर गाउँमै अध्ययन गर्ने अवसर पाएपछि विशेष गरेर छात्राको उच्च शिक्षामा पहुँच बढेको छ ।

म्याग्दीका ग्रामीण क्षेत्रमा रहेका उच्च मावि तथा क्याम्पसहरुमा छात्रको तुलनामा छात्राको सङ्ख्या बढी छ । गाउँका क्याम्पस र उच्च मावि बरदानसावित भएको बाबियाचौरमा रहेको मङ्गला शिक्षा क्याम्पसमा अध्ययनरत कुशुम पाण्डेले बताउनुभयो ।

“अझै पनि छोरी बुहारीलाई घर छाडेर सहरमा गई पढ्ने वातावरण छैन” पाण्डेले भन्नुभयो – “घरकै आटोपिठो खाएर उच्च शिक्षा हासिल गर्न पाउँदा छात्रामात्र नभएर गरिब तथा विपन्नका लागि पनि धेरै सहज भएको छ ।”

शिक्षा सङ्कायको अङ्ग्रेजी, गणित र नेपाली विषयका अध्यापन हुने उक्त क्याम्पसका ५१ विद्यार्थीमध्ये ४० छात्रा रहेका छन् ।

यसैगरी सोही स्थानमा रहेको मङ्गला उच्च मावि तहको कक्षा ११ का ६८ विद्यार्थीमध्ये ३५ जना छात्रा र कक्षा १२ का ४८ मध्ये ३५ जना छात्रा रहेका प्राचार्य गमबहादुर खत्रीले बताउनुभयो ।

यसैगरी उत्तरी म्याग्दीको घारमा रहेको मुक्तिमार्ग शिक्षा क्याम्पसको प्रथम वर्षमा यस वर्ष भर्ना भएका ११ विद्यार्थीमध्ये तीनजना मात्रै छात्र रहेका छन् । समाजमा अझै पनि छोरी बुहारीलाई घरदेखि टाढा गएर पढ्ने वातावरण नभएको अवस्थामा गाउँको क्याम्पसले उनीहरुलाई राहत प्रदान गरेको क्याम्पस प्रमुख ठगराज बरुवालले बताउनुभयो ।

गाउँमै उच्च मावि र क्याम्पस भएपछि शिक्षा, व्यवस्थापन र मानविकीलगायतका विषयको अध्ययनका लागि घर छाडेर सहरी क्षेत्रमा हजारौँ खर्च गरेर पढ्न जानुपर्ने अवस्थाबाट धेरैले मुक्ति पाएका छन् । विशेष गरेर सहरी क्षेत्रमा गएर कोठा भाडा लिई पढ्न नसक्ने अवस्थामा रहेका दलित र विपन्न समुदायका विद्यार्थीलाई राहत मिलेको छ ।

म्याग्दीको सदरमुकाम बेनीमा दुई र ग्रामीण क्षेत्रमा दुईवटा क्याम्पस रहेका छन् । यसैगरी जिल्लाभर १९ वटा उच्च मावि सञ्चालनमा रहेका छन् । सबै क्याम्पस र उच्च माविमा छात्राको सङ्ख्या बढी देखिन्छ । पछिल्लो समय छोरी बुहारीलाई पनि पढाउनुपर्छ भन्ने भावनाको विकास हुनु, युवा विदेसिनुजस्ता कारणले क्याम्पस तथा उच्च माविमा छात्राको सङ्ख्या बढेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी