नेपालद्धारा भुटान ५–० ले पराजीत

नेपालद्धारा भुटान ५–० ले पराजीत

  • आइतवार, माघ २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

माघ २४ गुहाटी । भारतको गुहाटीमा जारी १२ औं साग अन्तर्गत पुरुष फुटबलमा नेपालको २३ वर्ष मुनिको टोलीले भुटान विरुद्ध ५–० को जीत निकालेको छ । आज भएको खेलमा नेपालका लागि नवयुग श्रेष्ठले ह्याट्रीक गरेका थिए भने बिशाल राई र अन्जन विष्टले एक एक गोल गरेका थिए ।
नेपालका लागि नवयुगले ३३, ७५, र ८८ औ मिनेटमा गोल गरे भने बिशाल राईले ४४ तथा अञ्जन विष्टले ५१ औं मिनेटमा गोल गरेका थिए ।
नेपालले अब दोस्रो खेल माघ २८ मा बंगलादेश विरुद्ध खेल्ने छ । यस अघि हिजो श्रीलकाले उपाधी दावेदार भारतलाई १–० ले स्तव्ध पारेको थियो ।
यसैबीच महिला फुटबल टोलीले पनि आज दोस्रो जीत निकालेको छ ।
आज माल्दिभ्सलाई २–० ले हराउदै नेपाल समुहको शीर्ष स्थानमा कायम रहेको छ । अनु लामा र निरु थापाले गोल गरेका थिए ।
यस अघि नेपालले बंगलादेशलाई ३–० ले पराजीत गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी