काठमाडौ २३ माघ ।
इलाममा जारी माईभ्याली गोल्डकपको उपाधिका लागि आज झापा ११ र विभागीय टिम एपीएफ भिड्नेछ । खेल अपरान्न ३ बजे टुडिखेलमा हुनेछ ।
सिजनको पहिलो उपाधिको खोजिमा रहेका दुवै टिमले सेमिफाईनलमा प्रभावशाली जित निकाल्दै फाईनल यात्रा तय गरेका हुन् ।
झापाले रुपन्देहीलाई ४–० ले र एपीएफले डिफेन्डिङ च्याम्पियन आर्मीलाई ४–१ ले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका थिए ।
छोटो पास खेल्दै विपक्षिमा दबाबमा राख्न झापा ११ र काउन्टर एट्याकमा प्रभावकारी देखिएको एपीएफबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
उपाधि विजेताले ३ लाख ५० हजार र उपविजेताले १ लाख ७५ हजार रुपैया प्राप्त गर्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline