नेपाललाई छैटौं झट्का, राजविर सिंह ९ रनमा आउट

नेपाललाई छैटौं झट्का, राजविर सिंह ९ रनमा आउट

  • शुक्रबार, माघ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौं,२२माघ ।

आईसीसी अन्डर १९ विश्वकपमा सेमिफाईनल प्रवेशका लागि नेपाल अहिले आयोजक बंगलादेशसंग भिडदैछ ।

मिरपुरको शेरे बंगला नेस्नल स्टेडियममा टस जितेर व्याटिङ्ग गरेको नेपालले मध्यम प्रदर्शन गरिरहेको छ । नेपाले छैटौं विकेटका रुपमा राजविर सिंह ९ रनमा आउट भएका छन ।

नेपालका कप्तान राजु ६ चौका र एक छक्कासँगै अर्धसतक पुरा गरेर ७२ रनमा आउट भए । आरिफ शेख २१, सुनिल धमला २५, सन्दिप सुनार सात तथा योगेन्द्र सिंह कार्की एक रन बनाएर आउट भए । धमला र रिजाल रन आउट भएका हुन् ।

समुह चरणमा अपराजित रहदै बंगलादेश समुह विजेताको रुपमा क्वाटरफाईनल प्रवेश गरेको हो । नेपालले भने सुमह डि को उपविजेता बन्दै वंगलादेशसंगको भेट पक्का गरेको हो ।

डिफेन्डिङ च्याम्पियन दक्षिण अफ्रिकालाई समुह चरणमा ४३ रनले पराजित गरेको बंगलादेशले अन्य दुई एसोसिएट टिम स्कटल्याण्डलाई १ सय १४ र नामिवियालाई ८ विकेटले पराजित गरेको थियो । समुह चरणको प्रभावशाली प्रर्दशनले बंगलादेशलाई उपाधिको दाबेदारको रुपमा हेरिएको छ ।

समुह चरणमा नेपालले टेष्ट मान्यता प्राप्त न्युजिल्याण्डलाई ३२ रनले स्तब्ध बनाएको थियो भने आयरल्याण्डलाई ८ विकेटले पराजित गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी