यु–१९ विश्वकप क्रिकेटको क्वाटरफाइनमा नेपाल आज बंगलादेशसँग भिड्दै

यु–१९ विश्वकप क्रिकेटको क्वाटरफाइनमा नेपाल आज बंगलादेशसँग भिड्दै

  • शुक्रबार, माघ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौं,२२ माघ ।

बंगलादेशमा जारीे अण्डर १९ विश्वकप क्रिकेट प्रतियोगिताको क्वाटरफाइन खेल आजदेखि सुरु हुँदैछ । नेपालले आज आयोजक बंगलादेशसँग खेल्दै प्रतिस्र्धा गर्दै छ ।

खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे ढाकाको शेर बंगाल रंगशालमा सुरु हुनेछ ।

भारतसँग सात विकेटले पराजित भएर समूह डीको उपविजेता बनेको नेपालले क्वाटरफाइनलमा समूह ए को विजेता बंगलादेश प्रतिस्पर्धी पाएको हो ।

यो खेल जित्न सके नेपाली क्रिकेटले विश्वकपको सेमिफाइनलमा पुगेर नयाँ इतिहास रच्ने छ ।

पराजित भएमा पाँचौं स्थानका लागि भोली भारत र नामिबियाबिच हुने दोस्रो क्वाटरफाइलनमा पराजित टेलीसँग प्लेअफ म्याच खेल्ने छ ।

आफैमा बलियो टिम बंगलादेशलाई घरेलु मैदान र दर्शकको साथ छ । तर नेपाली टोली अहिले निकै लयमा रहेको तथा बलिङ, ब्याटिङ तथा फिल्डिङ सबै पक्ष समान रहेकाले बंगलादेशसँगको प्रतिस्पर्धाका लागि तयार रहेको छ ।

बंगलादेश बलियो प्रतिद्वन्दी भएकाले त्यसै अनुसारको प्रतिस्पर्धाका लागि नेपाली टिम तयार रहेको प्रशिक्षक जगत टमाटाले बताएका छन् ।

नेपाल र बंगलादेश दुवै अहिलेसम्म प्रतियोगिताको सेमिफाइनलसम्म पुग्न सकेका छैनन् । यसैले दुवैलाई यो खेल इतिहास रच्ने मौका हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी