काठमाडौ २० माघ ।
इलाममा जारी माईभ्याली अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपमा आज रमपम झापा ११ र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुदैछ ।
यसअघि हिजो भएको खेलमा भारतको कालिङपोङ शेर फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै विभागीय टोली त्रिभूवन आर्मी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेलको अठौं मिनेटमा दीप लामाको गोलबाट आर्मीले अग्रता लिएको थियो । त्यसको दुई मिनेटपछि नै कालिङपोङका शैलेश शंकरले गोल गरेपछि खेल बराबारीमा पुग्यो ।
६६ औं मिनेटमा भरत खवासले गोल गर्दै आर्मीको जीत सुनिश्चित पारे । प्रतियोगिताको फाइनल प्रवेशका लागि आर्मीले अब अर्को विभागीय टोली एपिएफसाग प्रतिस्पर्धा गर्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline