मनाङ र मुस्ताङमा पुस्तक पठाउने प्रक्रिया सुरु

मनाङ र मुस्ताङमा पुस्तक पठाउने प्रक्रिया सुरु

  • मङ्लबार, माघ १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

पोखरा, १९ माघ ।

जनक शिक्षा सामग्री केन्द्र क्षेत्रीय कार्यलय पोखराले मनाङ र मुस्ताङमा विद्यालय तहका पाठ्यपुस्तक पठाउने प्रक्रिया सुरु गरेको छ ।

हिमाली जिल्लाको मौसमका कारण त्यहाँ आगामी फागुनदेखि शैक्षिक सत्र सुरु हुने भएका कारण नयाँ शैक्षिक सत्रका लागि पुस्तक पठाउने प्रक्रिया सुरु भएको कार्यालयका स्टोर किपर नवीन खड्काले जानकारी दिनुभयो । ती जिल्लामा बुधबारसम्ममा सम्पूर्ण पुस्तक पठाइसकिने बताइएको छ ।

सम्बन्धित जिल्ला शिक्षा कार्यालयबाट माग भएअनुसार मनाङका लागि कक्षा ६ देखि १० सम्म क्रमशः ७६, ६५, ६५, ७१ र ५३ ‘सेट’ र मुस्ताङका लागि क्रमशः २०८, १९३, २३३, १२६ र १२० ‘सेट’ पुस्तक पठाउन लागिएको खड्काको भनाइ छ ।

कक्षा ६, ७ र ८ मा एक सेटमा विभिन्न विषयका नौ पुस्तक रहन्छन् भने कक्षा ९ र १० मा अनिवार्य विषयका छ वटा पुस्तक र इच्छाधीन दुई विषय हुन्छन् । यस वर्ष परिवर्तित पाठ्यक्रमको कक्षा ९ का नयाँ पुस्तक पनि आइसकेको खड्काले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी