म्याग्दीका एकानब्बे प्रतिशत घरधुरीमा आधारभूत खानेपानी

म्याग्दीका एकानब्बे प्रतिशत घरधुरीमा आधारभूत खानेपानी

  • मङ्लबार, माघ १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

म्याग्दी, १९ माघ ।

पहाडी जिल्ला म्याग्दीको ९१ प्रतिशतभन्दा बढी घरधुरीमा आधारभूत खानेपानी सुविधा पुगेको छ ।

चौबीस हजार १४४ घरधुरी रहेको म्याग्दीका ९१.४४ प्रतिशत घरधुरीमा आधारभूत खानेपानी सुविधाको पहुँच पुगेको खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सन् २०१० मा ८५.८ र २०१२ मा ८७.२ प्रतिशत घरधुरीमा व्यवस्थित खानेपानी सुविधा रहेको म्याग्दीमा सन् २०१५ को अन्तसम्ममा ९१ प्रतिशतको हाराहारीमा विस्तार भएको हो ।

मुहानदेखि मुखसम्म सुरक्षित खानेपानी सुविधा उपलब्ध गराउन नयाँ योजना निर्माण, पानीको स्रोत संरक्षण तथा व्यवस्थापनमा समुदाय, सरकारी निकाय र विभिन्न परियोजनाको सक्रियतासँगै खानेपानी सुविधाको पहुँच बढ्दै गएको डिभिजन प्रमुख इन्जिनियर शेखरचन्द्र केसीले बताउनुभयो ।

जिल्लामा हालसम्म ५६१ खानेपानी योजना निर्माण भएका छन् । खानेपानी सुविधाको हिसाबले मुदी गाविस सबैभन्दा पछाडि परेको छ । पाँचसय ५५ घरधुरीको बसोवास रहेको मुदीका ३१८ घर अथवा ५७.८२ प्रतिशतले व्यवस्थित खानेपानी सुविधाको उपयोग गर्न पाएका छन् ।

मुहानको संरक्षण र रिजर्भ ट्यांकीमा सङ्कलन गरी प्रशोधन गरेपछि सार्वजनिक अथवा व्यक्तिगत धाराको खानेपानी शुद्ध भएमा सुरक्षित मानिन्छ । खुल्ला मुहान, कुवा, खोल्साको पानीलाई प्रशोधन नगरी सिधै उपयोग गरेमा असुरक्षित मानिन्छ । असुरक्षित पानीको उपभोग गर्ने घर सङ्ख्या जिल्लामा दुई हजारको हाराहारीमा छ ।

नयाँ योजना निर्माण, पुराना आयोजनाको क्षमत्ता विस्तार तथा मर्मत गरेर सबै घरधुरीमा अबको एक वर्षभित्र स्वच्छ र सफा खानेपानी सुविधा पु¥याउने लक्ष्य राखिएको सब डिभिजन प्रमुख केसीले बताउनुभयो ।

चालु आवमा निर्माणाधीन आयोजनाबाट थप ८.५६ प्रतिशत घरधुरीमा खानेपानी सुविधा विस्तार हुने अनुमान गरिएको छ ।

“नयाँ योजना निर्माणका क्रममा खानेपानी सुविधाबाट वञ्चित बस्तीलाई प्राथमिकता दिनाका साथै घरधुरी सर्भेक्षण मार्फत तथ्याङ्क प्रमाणित गरेर जिल्लालाई नेपालकै पहिलो आधारभूत खानेपानी सुविधा पुगेको जिल्ला घोषणा गर्ने लक्ष्य छ”केसीले भन्नुभयो ।

मुहान सफा र व्यवस्थित भएको तथा मुहानबाट प्रशोधन गरी धाराबाट वितरण गरिने खानेपानीमा सर्वसाधारणको सहज पहुँच भएको अवस्थालाई आधारभूत खानेपानी सुविधा भएको मानिएको छ । खानेपानी सुविधा विस्तारसँगै सुरक्षा र गुणस्तरमा प्राथमिकता दिइने इन्जिनियर केसीले बताउनुभयो । स्वच्छ र सफा खानेपानी सुविधा मार्फत दूषित पानीका कारण हुने स्वास्थ्य समस्या न्यूनीकरण गर्ने लक्ष्य रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी