सुप सेवा समाज कतारको भब्य बनभोज आगामी शुक्रबार

सुप सेवा समाज कतारको भब्य बनभोज आगामी शुक्रबार

  • मङ्लबार, माघ १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौं, १९ माघ ।

सुदूर पश्चिमको कला साँस्कृतिको जगेर्ना गर्दै पर्यटकीय क्षेत्रहरुलाई देश बिदेशमा चिनाउन र प्रवसमा भईपरी आउने समस्यालाई समाधान गर्ने उदेश्यले स्थापति सुदुपश्चिम सेवा समाज कतारले भब्य बनभोज कार्यक्रमको आयोजना गरेको छ ।

“हिमाल, पहाड, तराई एकताको कामना, सम्बृद्ध समाज निर्माण सुप समाजको चाहना“ भन्ने मुल नाराका साथ गठन भएको सुदूर पश्चिम सेवा समाज कतारले ’नयाँ बर्षको शुभकामना आदानप्रदान तथा बिबिध साँस्कृतिक कार्यक्रमका साथै सुदुरपश्चिमको चर्चीत चिनारी धमाकेदार देउडा दोहोरीको जर्गेना गर्ने उदेश्यले बनभोज कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष अमृत शाहीले जानकारी दिनुभयो ।

समाजका अध्यक्ष अमृत शाहीको अध्यक्षतामा गत २९ जनवरी २०१६ मा दोहास्थित टपफम होटलमा सम्पन्न समाजको बैठकले कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको थियो ।

कार्यक्रममा चर्चित लोकदोहोरी गायिका देबिका के.सी, गायक गंगा दत्त गिरी, युबराज छत्याल लगायत दर्जनौ कलाकारको जोरदार प्रस्तुती रहने अध्यक्ष शाहीको भनाई छ ।

बनभोज कार्यक्रमलाई भब्यतका साथ सफल बनाउनु सम्पुर्ण तयारी पुरा भइसकेको जानकारी दिदै उहाँले कतारमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित भएर भब्यताका साथ सफल बनाउन अनुरोध समेत गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी