परामर्शदाताले जालझेल गर्न छाड्नुपर्छ– शिक्षा सचिव

परामर्शदाताले जालझेल गर्न छाड्नुपर्छ– शिक्षा सचिव

  • सोमवार, माघ १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

भक्तपुर, १८ माघ ।

शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितले विदेश जाने विद्यार्थीलाई परामर्श दिने परामर्शदाताले जालझेल गर्न छाड्नुपर्ने बताउनुभएको छ ।

शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)अन्तर्गत प्राविधिक प्रशिक्षण प्रतिष्ठानले संयुक्त रुपमा सञ्चालन गरेको शैक्षिक परामर्श दाताको क्षमता अभिवृद्धि तालिम कार्यक्रमको आज उद्घाटन गर्दै उहाँले परामर्शदाता व्यवसायीले सही परामर्श नदिँदा विदेश पुगेका धेरै नेपालीले दुःख पाएका छन्, विद्यार्थीले विदेशमा के पढ्न सक्छन्, त्यो मूल्याङ्कन गरेर परामर्श दिनसक्ने हुनु आवश्यक छ भन्नुभयो ।

उहाँले भन्नुभयो– “अहिले देशका युवा पुस्तालाई ठूलै रोग लागेको छ, विदेश जानैपर्छ भन्ने मान्यता विकास भएको छ, नेपालमा पढेर, काम गरेर खान सकिन्न भन्ने लागेर बिदेसिने बढेका छन्, उनीहरुलाई राम्रो परामर्शको खाँचो छ ।”

कार्यक्रममा प्रतिष्ठानका प्रशासन प्रमुख प्रमोद आचार्यले मन्त्रालयमा दर्ता भएका ३७० शैक्षिक परामर्श दाता संस्थाका ७४० जनालाई परामर्श तालिम दिएर दक्ष बनाइने बताउनुभयो ।

तालिम विभिन्न समूहलाई गरी आगामी असोजसम्म दिइने छ । तालिममा शैक्षिक परामर्शदाताले पालना गर्नुपर्ने ऐन, नियम, आचारसंहिता, विधि प्रक्रियाका बारेमा जानकारी दिइने छ । तालिम पोखरा र चितवनमा पनि सञ्चालन गरिने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी