झापा ११ माइ भ्याली गोल्डकप फुटबलको सेमिफाइनलमा

झापा ११ माइ भ्याली गोल्डकप फुटबलको सेमिफाइनलमा

  • सोमवार, माघ १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

इलाम, १८ माघ ।

सहारा फुटबल क्लब पोखरालाई एकका विरूद्ध दुई गोलले पराजित गर्दै झापा ११ यहाँ जारी माइ भ्याली गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

झापाको जितमा योगेश गुरूङले खेलको १४ आँै मिनेटमा गोल गर्दै अग्रता कायम गरे । पहिलो हाफमा एक गोलले पछि परेको सहाराले ७९ औँ मिनेटमा भिक्टरको गोल मार्फत खेल बराबरी गरे पनि लगत्तै ७१ औँ मिनेटमा झापा ११ का विशाल राईले गोल गर्दै खेललाई २–१ को स्थितिमा पु¥याए । त्यसपछि खेलमा थप गोल भएन र झापाले खेल आफ्नो पक्षमा पा¥यो ।

सुरूआतदेखिनै खेलमा झापाले सहारालाई दबाबमा राखेको थियो । खेलको म्यान अफ दि म्याच झापा ११ का योगेश घोषित भए ।

दश टोली सहभागी प्रतियोगिताको मङ्गलबारको दोस्रो सेमिफाइनल खेल त्रिभुवन आर्मी क्लब र भारतको दार्जिलिङस्थित शेर फुटबल क्लबबीच हुनेछ । प्रतियोगिताको विजेता टोलीले रु तीन लाख ५० हजार र उपविजेताले रु एक लाख ७५ हजार पाउनेछन् । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी