आईसिसि यु १९ विश्वकपमा आज नेपाल र भारत भिड्ने

आईसिसि यु १९ विश्वकपमा आज नेपाल र भारत भिड्ने

  • सोमवार, माघ १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, १८ माघ ।
आईसिसि अण्डर १९ विश्वकप क्रिकेटमा नेपालले आज बलियो प्रतिद्धन्दि भारतसँग प्रतिस्पर्धा गर्ने छ ।

समुह डि अन्तरगतको लिग चरणको आफ्नो अन्तिम खेलमा नेपाल र भारत भिड्न लागेका हुन् । यो खेलको नतिजाले समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

नेपाल र भारत यसअघि नै लगातार दुई खेलमा जित हात पार्दै प्रतियोगिताको क्वाटरफाईनलमा पुगिसकेका छन् ।

नेपालले आफ्नो पहिलो खेलमा न्युजल्याण्डलाई ३२ रनले पराजित गर्नुका साथै दोस्रोमा आयरल्याण्डमाथि ८ विकेटको जित हासिल गरेको थियो ।

यस्तै भारतले पनि आयरल्याण्डलाई ७९ रन तथा न्युजल्याण्डलाई १ सय २० रनले पराजित गरेको थियो ।

बङ्गलादेशको फाल्तुल्हास्थित खान साहेब उस्मान अली रङ्गशालामा नेपाली युवा टोलीले आज दबाबरहित खेल खेल्ने प्रशिक्षक जगत टमाटाले बताएका छन् ।

विश्व कपमा सन् २००० मा पहिलो पटक सहभागिता जनाएको नेपालले त्यति बेला क्वाटर फाइनलको यात्रा तय गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी