अन्तर्राष्ट्रिय करातेमा नेपाल टिम च्याम्पियन

अन्तर्राष्ट्रिय करातेमा नेपाल टिम च्याम्पियन

  • आइतवार, माघ १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं,१७ माघ ।

इन्डो–नेपाल अन्तर्रा्ष्ट्रिय कराते प्रतियोगितामा नेपाल टिम च्याम्पियन बनेको छ । नेपालले १८ स्वर्ण, ८ रजत र १ कांस्य जित्दै टिम च्याम्पियनको उपाधि जितेको टिम व्यवस्थापक विजय खड्काले जनाएका छन् ।

महाराष्ट्रको नान्देमा भएको प्रतियोगितामा टिम च्याम्पियनको उपाधिसँगै नेपालले ११ हजार भारतीय रुपैयाँ नगद पुरस्कार पाएको छ । पुरुषमा विकास राजबहाक, सन्तोष श्रेष्ठ, अनिश लामिछाने र मिगिन आलेले नेपाललाई दोहोरो स्वर्ण दिलाए ।

त्यस्तै ध्रुव थापा, अंकित गुरुङ, अनिल उपरकोटी र विजय महर्जनले १–१ स्वर्ण जिते । महिलामा वर्षा बुढा मगर, शान्ता श्रेष्ठ र विनिता चापागाईंले समान २–२ स्वर्ण हात पारे । प्रतियोगितामा रामबहादुर लामा, निरज महर्जन र बाडेकुमार राईले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

अफिसियलमा कमल बस्नेत छन् भने मणिकृष्ण न्यौपानेले टिम प्रशिक्षकको जिम्मेवारी पाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी