नेपाल यू १९ विश्वकपको क्वाटरफाइनल नजिक

नेपाल यू १९ विश्वकपको क्वाटरफाइनल नजिक

  • शनिबार, माघ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं १६, माघ।

यू १९ विश्वकप क्रिकेटमा नेपालले सन्दिप लामिछानेको हृयाट्रिकको मदतमा आयरल्याण्डमाथि ८ विकेटको शानदार जित हात पारेको छ ।लगातार दोस्रो जितसँगै नेपाल दोस्रो चरण नजिक पुगेको छ । अहिले भइरहेको अर्को खेलमा भारत न्यूजिल्याण्डलाई हराएका छन् । नेपाल समूह चरणको अन्तिम खेल अघि क्वार्टरफाइनलमा पुग्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले भारतसँग खेल्नु पर्नेछ । त्यसअघि नेपाल ४ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

आयरल्याण्डले नेपालसामू १३२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जसलाई नेपालले मात्र २६ ओभरमा २ विकेट गुमाएर भेट्टायो । नेपालको पहिलो विकेट भने खाता नै नखोली गुमाएको थियो । सन्दिप सुनार पहिलो बलमै एलबीडब्लू धरापमा परे ।

तर, योगेन्द्र सिंह कार्कीले नेपालको पारी सम्हाले । उनले सुनिल धमलासँग ५५ रनको साझेदारी गरे । धमला २८ रन बनाएर दोस्रो विकेटका रुपमा आउट भए । तेस्रो विकेटका लागि कार्कीले उपकप्तान आरिफ शेखसँग अविजित ७७ रनको साझेदारी गरे । कार्की ६१ रनमा अविजित रहे । आरिफ शेख ३१ रनमा नटआउट रहे ।

यसअघि पहिले ब्याटिङ गरेको आयरल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर १३१ रन बनाएको थियो । आयरल्याण्डलाई धरासायी पार्ने क्रममा नेपालका सन्दिप लामिछानेले हृयाट्रिकसहित ५ विकेट लिए । उनले ३२ औं ओभरको अन्तिम तीन बलमा लगातार तीन विकेट लिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी