आयरल्याण्डद्धारा नेपाल सामु एक सय ३२ रनको चुनौती, सन्दीप लामिछानेको ह्याट्रिक

आयरल्याण्डद्धारा नेपाल सामु एक सय ३२ रनको चुनौती, सन्दीप लामिछानेको ह्याट्रिक

  • शनिबार, माघ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौं,१६ माघ । 

बंगलादेशमा जारी आइसीसी अन्डर १९ विश्वकप क्रिकेटमा आयरल्याण्डले नेपाल सामु एक सय ३२ रनको चुनौती पेश गरेको छ ।

बंगलादेशको फल्तुल्लाह स्थित खान साहेब ओसमान अलि रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर एक सय ३१ रन बनायो ।

उसका लागि ह्यारी टेक्टोरले ३०, ज्याक टेक्टोरले २७, लोर्केन टाकरले १५ तथा एडम डेनिसनले १४ रन बनाए । आयरल्याण्डको इनिङ्स् धराप पार्ने क्रममा नेपालका सन्दिप लामिछाने एक्लैले पाँच विकेट लिए ।

लामिछानेले लगातार तीन विकेट लिएर ह्याट्रिक पूरा गरे । उनले ३२ औं ओभरको चौंथो, पाँचौं र छैटौं बलमा लगातार विकेट लिएर ह्याट्रिक गरेका हुन् । यस्तै दिपेन्द्र सिंह ऐरीले दुई तथा सुनिल धमला र सुशिल कँडेलले एक एक विकेट लिए ।

एक सय ३२ रनको लक्ष्य पछ्याउदै नेपालले केहिबेरपछि जवाफी ब्याटिङ सुरु गर्नेछ । यसअघि मलेसियामा गत अक्टोबरमा भएको आइसिसी अण्डर १९ विश्वकप छनौट प्रतियोगिताको राउन्ड रोबिन र फाइनल खेलमा नेपालले आयरल्यान्डलाई पराजित गरेको थियो ।

आजको खेल जिते नेपाल दोस्रो चरणमा प्रवेश गर्ने छ । समूह डी मा रहेको नेपाल २ अंकसहित अंक तालिकामा दोस्रो स्थानमा छ भने समान अंक जोडेको भारत पहिलो स्थानमा छ ।

प्रतियोगितामा चार समूहमा रहेका टोली १६ टोली मध्ये प्रत्येक समूहको शीर्ष दुईमा रहने टोली अघिल्लो चरण प्रवेश गर्ने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी