आहा रारा गोल्डकपको उपाधिका लागि मनाङ र आर्मी भिड्दै

आहा रारा गोल्डकपको उपाधिका लागि मनाङ र आर्मी भिड्दै

  • शनिबार, माघ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौ, १६ माघ ।  

पोखरामा जारी आहा रारा गोल्डकपको उपाधिका लागि आज विभागीय टोली त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङदी क्लबबीच प्रतिस्पर्धा हुदैछ ।

खेल दिउँसो एकबजेपछि पोखरा रंगशालामा हुनेछ । मनाङ क्वाटरफाइनलमा इण्डियन आर्मी गोर्खा ब्रिगेड र सेमिफाइनलमा झापा ११ लाई हराउदै आर्मीसँगको उपाधि भेट पक्का गरेको हो ।

यता आर्मी पहिलो खेलमा जावलाखेल , क्वाटरफाइनलमा थ्रिस्टार र सेमिफाईनलमा आयोजक सहारा क्लबलाई फाइनल प्रवेश गरेको हो ।

आहा रारा गोल्डकपमा यसअघि ८ पटक फाइनल पुगेको मनाङले दुई पटक मात्रै उपाधि जितेको छ । तेस्रो र दशौ संस्करणको उपाधि उचालेको मनाङ अघिल्लो बर्ष १३ औं संस्करणको उपविजेता टिम हो ।

मनाङले सुरुवाती क्याराभान गोल्डकप सहित दोस्रो, पाँचौ, नवौ र १२ औं संस्करणको उपविजेतामा चित्त बुझाएको थियो ।

विभागीय टिम आर्मी अहिलेसम्म दुई पटक फाइनल पुगेको छ र दुवै पटक उपविजेतामै सीमित रहेको छ । आहा ! रारा गोल्डकपमा आर्मी सातौ र आठौ संस्करणको उपविजेता टिम हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी