रमपम झापा– ११ लाई पराजित गर्दै मनाङ मस्र्याङ्दी फाइनलमा

रमपम झापा– ११ लाई पराजित गर्दै मनाङ मस्र्याङ्दी फाइनलमा

  • बिहिबार, माघ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

पोखरा, १४ माघ । सहारा क्लबद्वारा पोखरा रङ्गशालामा भइरहेको १४ औँ आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो सेमी फाइनल खेलमा लक्ष्मी हुन्डाइ मनाङ मस्र्याङ्दी क्लबले रमपम झापा–११ लार्ई ४–० ले पराजित गरी फाइनलमा प्रवेश गरेको छ ।

मनाङ मस्र्याङ्दीका बोलावालेले आजको खेलमा ह्याट्रिक गरेका थिए । बोलावालेले खेलको ४६, ७१ र ९४ मिनेटमा गोल गरेका थिए भने अर्का खेलाडी सुजल श्रेष्ठले खेलको ७५औँ मिनेटमा गोल गरी क्लबलाई विजयी गराएका थिए ।

फाइनल खेल आगामी शनिबार त्रिभुवन आर्मी क्लब र लक्ष्मी हुन्डाइ मनाङ मस्र्याङ्दी क्लबबीच हुनेछ । त्रिभुवन आर्मी क्लबले बुधबार आयोजक सहारा क्लब पोखरालाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी