काठमाडौं,१४ माघ ।
बंगलादेशमा जारी आइसीसी यु–१९ विश्वकप क्रिकेटमा बिजयी सुरुवात गरेको छ । समूह डीमा रहेको नेपालले आफनो पहिलो खेलमा न्युजिल्याण्डलाई ३२ रनले पराजित गरेको हो ।
नेपालले दिएको २ सय ३९ रनको लक्ष्य पछाएको न्युजिल्याण्डले पुरै ओभरमा मात्र २ सय ६ रन बनाउन सक्यो । टस हारेर ब्याटिङ गरेको नेपालले निर्धा्रित ओभरको खेलमा ७ विकेट गुमाएर अहिलेसम्मै सर्वा्धिक रन बनाउन सफल भएको हो।
२३९ रनको रनको लक्ष्य पाएको न्युजिल्यान्ड ४७.१ ओभरमा अल आउट भयो। नेपालका दीपेन्द्र सिंह ऐरीले ३ विकेट र प्रेम तामाङले दुई विकेट लिएका छन ।
नेपालका लागि सन्दीप सुनारले एक छक्का र तीन चौका मद्दतले ३९ रन बनाएर आउट भए। सुशील धमाला १५ रनमा पेभेलियन फर्किए भने योगेन्द्र सिंह कार्की ६ रनमै आउट भएका थिए ।
७१ बल सामना गरेका राजु रिजाल ६ चौका प्रहार गर्दै ४८ रन बनाएर आउट भए। आरिफ शेख ३९ रनमा आउट भए भने राजवीर सिंह २४ र दीपेन्द्र सिंह ऐरी १६ रन बनाएर आउट भए। त्यस्तै कुशल भुर्तेलले अविजिति ३५ रन बनाएका थिए ।।
नेपाली यु १९ टोलीको यो अहिलेसम्मै सबैभन्दा ठूलो स्कोर हो । यसअघि २००६ मा नेपालले आयरल्यान्डविरुद्ध २ सय ३४ रन बनाएको थियो। नेपालले दोस्रो खेलमा शनिबार आयरल्यान्ड र तेस्रोमा सोमबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
मलेसियामा गएको अक्टोबरमा भएको आइसिसी उन्नाइस वर्षमुनिको विश्वकप छनौट प्रतियोगिताको राउन्ड रोबिन र फाइनल खेलमा नेपाल आयरल्यान्डलाई पराजित गर्दै छनौट भएको हो ।