काठमाडौं,१४ माघ ।
बंगलादेशमा चलिरहेको १९ वर्षमुनिको आइसिसी विश्वकप क्रिकेटमा समूह डी मा रहेको नेपालले आफ्नो पहिलो खेलमा न्युजिल्याण्डसामु १ सय ३९ रनको चुनौती प्रस्तुत गरेको छ
बंगलादेशको खान साहेब ओस्मान अलि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धा्रित ५० ओभरमा ७ विकेट गुमाएर सुधारिएको प्रदर्शन गर्दै २ सय ३८ रन बनायो ।
नेपाललका लागि कप्तान राजु रिजालले सर्वा्धिक ४८ रनको योगदान गरे भने आरिफ शेख र सन्दिप सुनारले ३९(३९ रन जोडे।
यस्तै दिपेन्द्र सिंह ऐरी १७ बलमा १६ रन बनाएर आउट भए भने छैठौँ विकेटका रुपमा राजविर सिंह ३८ बलमा २४ रन बनाएर आउट भएका थिए । सुनिल धमला १५, योगेन्द्र सिंह कार्की ६ बनाएर आउट भएका हुन् । न्युजिल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि नेपाली टोलीले ब्याटिङ थालेको हो ।
यसअघि सन् २००६ मा भएको खेलमा नेपालले न्युजिल्यान्डलाई पराजित गर्दै प्लेट च्यापियन उपाधि जितेको थियो । नेपालले दोस्रो खेलमा शनिबार आयरल्यान्ड र तेस्रोमा सोमबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
मलेसियामा गएको अक्टोबरमा भएको आइसिसी उन्नाइस वर्षमुनिको विश्वकप छनौट प्रतियोगिताको राउन्ड रोबिन र फाइनल खेलमा नेपाल आयरल्यान्डलाई पराजित गर्दै छनौट भएको हो ।
प्रतियोगितामा नेपालसहित १६ टोली सहभागी छन् । न्युजिल्याण्डले केहिबेरमा जवाफि व्याटिङ थाल्दै छ ।