विश्वकप क्रिकेटमा आज नेपालले न्युजिल्यान्डको सामना गर्ने

विश्वकप क्रिकेटमा आज नेपालले न्युजिल्यान्डको सामना गर्ने

  • बिहिबार, माघ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ, १४ माघ ।
आइसिसी अण्डर १९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा आज न्य्ुजल्याण्डसँग प्रतिस्पर्धा गर्दै छ ।

बङ्गलादेशको खान साहेब ओसमान अली रङ्गशालामा हुने खेलमा नेपालले विजय लक्ष्यका साथ न्युजिल्यान्डको सामना गर्नेछ ।

यसअघि, सन् २००६ मा भएको खेलमा नेपालले न्युजिल्यान्डलाई पराजित गर्दै प्लेट च्यापियन उपाधि जितेको थियो । त्यसैगरी नेपालले दोस्रो खेलमा शनिबार आयरल्यान्डसँग र तेस्रोमा सोमबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

मलेसियामा गत अक्टोबरमा भएको आइसिसी उन्नाइस वर्षमुनिको विश्वकप छनोट प्रतियोगिताको राउन्ड रोबिन र फाइनल खेलमा नेपालले आयरल्यान्डलाई पराजित गर्दै छनोट भएको थियो । विश्वकपमा प्रत्येक समूहको शीर्ष दुईमा रहने टोली अघिल्लो चरणका लागि छनोट हुनेछन् ।

नेपालसहित विभिन्न १६ राष्ट्रले भाग लिएको उक्त प्रतियोगितामा सहभागी टोलीलाई विभिन्न चार समूहमा विभाजन गरिएको छ । नेपाल भने समूह ‘डी’ मा परेको छ । समूह ‘डी’मा भारत, आयरल्याण्ड र न्युजिल्यान्ड छन् ।

त्यस्तै समूह ‘ए’ मा बङ्गलादेश, नामिबिया, स्कटल्यान्ड र दक्षिण अफ्रिका छन् भने समूह ‘बी’मा अफगानिस्तान, क्यानडा, पाकिस्तान र श्रीलङ्का छन् । समूह ‘सी’ मा इङ्ग्ल्यान्ड, फिजी, वेष्ट इन्डिज र जिम्बावे छन् ।

प्रत्येक दुई÷दुई वर्षमा हुने विश्वकपमा नेपालको यो साताँै सहभागिता हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी