चाउमिन उद्योगबाट आकर्षक आम्दानी

चाउमिन उद्योगबाट आकर्षक आम्दानी

  • बुधबार, माघ १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

म्याग्दी, १३ माघ ।

जिल्लाको रुम गाविस– ६ जेमका एक युवाले वैदेशिक रोजगारी त्यागेर सुरु गरेको चाउमिन उद्योगबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ ।

दरबाङ बजारमा ‘आशिष एण्ड आशा’ उद्योग सञ्चालन गरेका २७ वर्षीय प्रेम रोकाले मनग्य आम्दानी गर्नुभएको छ । भारतबाट फर्किएपछि उहाँले चाउमिन उद्योग सञ्चालन गरी बिक्री गर्न थाल्नुभएको छ ।

‘‘सुरुमा लगानी जुटाउन गाह्रो भयो । अहिले मासिक रु एक लाख बढीको चाउमिन बिक्री गरिरहेको छु” रोकाले भन्नुभयो । चाउमिन प्रतिकिलो रु ७० मा बिक्री भइरहेको छ ।

उद्योगले दैनिक ४० किलोदेखि १०० किलोसम्म चाउमिन उत्पादन गर्छ । रु चार लाख लगानी गरेर जेनेरेटर, पीठो पेल्ने मेसिन, मिक्चरलगायतका उपकरण खरिद गरी सुरु गरेको सो उद्योगबाट मासिक रु ३० हजारदेखि रु ३५ हजारसम्म आम्दानी हुने गरेको छ ।

“छोराछोरी पढाउन र घरखर्च चलाउन सहज भएको छ । चाउमिन बिक्रीबाट भएको आम्दानीले बैँकबाट लिएको ऋण समेत तिर्दै आएको छु” उहाँले भन्नुभयो । उत्पादन गरेको चाउमिन दरबाङ, रुम, सिवाङ, खिवाङ, मुदी, ताकम, मुनालगायतका स्थानमा बिक्री हुने गरेको छ ।

उद्योग सञ्चालनको क्रममा धौलागिरि सामुदायिक स्रोत विकास केन्द्र ९डिसिआरडिसी०ले मिक्चर खरिदमा रु १८ हजार सहयोग गरेको थियो । उहाँसित आगोमा पकाएर चाउमिन बनाउनुपर्ने बाध्यता रहेको छ । “विद्युतीय मेसिन किन्न सकेको छैन, कतैबाट सहयोग पाउन सकेमा सहज हुन्थ्योे” रोकाले भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी