यु–१९ विश्वकप क्रिकेट आजदेखि सुरु 

यु–१९ विश्वकप क्रिकेट आजदेखि सुरु 

  • बुधबार, माघ १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, माघ १३ ।

आइसिसी यु–१९ विश्व कप क्रिकेट प्रतियोगिता आजदेखी सुरु हुँदैछ । बंगलादेशमा सुरु हुने प्रतियोगितमा नेपालसहित १६ देश सहभागी छन ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बंगलादेशले दक्षिण अफ्रिकाको सामना गर्ने छ । त्यसैगरी आजै हुने अर्को खेलमा इङ्ल्यान्ड र फिजि भिड्दै छन् । नेपालले आफ्नो पहिलो खेलमा भोली न्यूजिल्याण्डको सामना गर्नेछ।

नेपाल रहेको समूह डीमा भारत, आयरल्याण्ड र न्युजिल्याण्ड छन् । यस्तै नेपालले पर्सि शनिबार आयरल्याण्ड तथा १८ गते भारतसँग खेल्ने छ ।

प्रतियोगितामा सहभागी हुन नेपाली टोली माघ ६ गते नै बंगलादेश गएको छ । राजु रिजालको कप्तानीमा चार वैकल्पिकसहित १९ खेलाडी सहितको नेपाली टोली बंगलादेशमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी