साठी गाविसमा राहत वितरण, नक्कली भूकम्पपीडितको छानबिन

साठी गाविसमा राहत वितरण, नक्कली भूकम्पपीडितको छानबिन

  • सोमवार, माघ ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

गोरखा, ११ माघ ।

गोरखाका ६० गाविसमा बसोबास गर्दै आएका भूकम्पपीडितलाई ‘न्यानो कपडा’ खरिदका लागि रु १० हजारका दरले राहत रकम वितरण गर्न सुरु गरिएको छ ।

पहिलो चरणमा ३८ र दोस्रो चरणमा २२ गाविसमा राहत रकम वितरण गरिएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।

प्रजिअ बलदेव गौतमका अनुसार गोरखा नगरपालिका र पालुङटार नगरपालिका क्षेत्रमा बसोबास गर्दै आएका भूकम्पपीडितलाई अझै रकम वितरण गर्न सकिएको छैन । केन्द्रीय दैवी प्रकोप उद्धार समितिले रकमको निकासा पठाउन ढिलाइ गरेकाले नगर क्षेत्रका भूकम्पपीडितले राहत पाउन नसकेका हुन् ।

निकासा आएपछि राहत वितरण गरिने स्थानीय विकास अधिकारी प्रेमराज गिरीको भनाइ छ । नक्कली भूकम्पपीडितले पनि पूर्णरुपमा घर भत्किएको दाबीसहित राहत रकम माग गरेपछि गोरखा र पालुङटार नगरपालिकामा राहत रकम वितरणमा झन् ढिलाइ हुने देखिएको छ ।

नक्कली भूकम्पपीडितले राहत लिएको भन्दै आवश्यक छानबिनका लागि जिल्ला दैवी प्रकोप उद्धार समितिमा नौ हजार निवेदन परेका छन् । ती निवेदनमाथि छानबिन भइरहेको बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलले केही दिनमै छानबिनको अन्तिम टुङ्गोमा पुगिने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी