आहा–रारा गोल्डकपमा आज आर्मी र थ्रिस्टार भिड्ने

आहा–रारा गोल्डकपमा आज आर्मी र थ्रिस्टार भिड्ने

  • सोमवार, माघ ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं, ११ माघ । 

पोखरामा जारी १४ औं आहा–रारा गोल्डकपको अन्तिम क्वाटरफाइनलमा आज विभागिय टोली त्रिभुवन आर्मी क्लब र थ्रिस्टार क्लब भिड्नेछन् ।

थ्रिस्टार क्लवलाई सिधै प्रतियोगिताको क्वाटरफाईनलमा स्थान दिइएको हो भने आर्मी क्लव जावलाखेल युथ क्लवलाई हराउँदै क्वाटरफाइनलमा पुगेको हो ।

यसअघि हिजो भएको खेलमा भारतको गोर्खा ब्रिगेडलाई २–० ले पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लव सेमिफाइनल प्रवेश गरेको छ । निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गोल हुन नसकेपछि थपिएको २० मिनेटमा दुई गोल गर्दै मनाङले आफ्नो उपाधि दावेदारी प्रस्तुत गरेको हो ।

मनाङका लागि अमित तामाङ र ओलावाले अफिजले एक–एक गोल गरे । यसअघि ९५ औं मिनेटमा प्रशान्त गुरुङ दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि गोर्खा ब्रिगेड १० खेलाडीमा सिमित भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी