बङ्गबन्धु गोल्ड कपमा नेपाल एक शुन्यले अगाडि

बङ्गबन्धु गोल्ड कपमा नेपाल एक शुन्यले अगाडि

  • शुक्रबार, माघ ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौँ, ८ माघ ।

बङ्गबन्धु गोल्ड कप फुटबल प्रतियोगिताअन्र्गत अहिले भइरहेको नेपाल र बहराइनबीचको फाइनल खेलमा नेपाल एक शुन्यले अगाडि रहेको छ ।

बङ्गलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु राष्ट्रिय रङ्गशालामा भइरहेको खेलको पहिलो हाफ सकिदासम्म नेपाल १–० गोलअन्तरले अगाडि रहेको छ ।

खेल सुरुवातदेखि निकै आक्रामक शैलीमा उत्रिएको नेपालले चौथो मिनेटमा नै पहिलो गोल ग¥यो । नेपालका स्ट्राइकर विमल घर्तीमगरले विराज मर्हजनको क्रसमा अन्जन विष्टले हेड गरेको बललाई सदुपयोग गर्दै गोल गरेका हुन् ।

नेपाल २३ वर्षपछि उपाधि जित्ने दाउमा छ । यसअघि बङ्गलादेशको ढाकामा सन् १९९३ मा भएको छैटौ दक्षिण एसियाली खेलकुद (साग)मा सोही मैदानमा जितेको उपाधिबाहेक अहिलेसम्मको खेलमा नेपालले उपाधि जित्न सकेको छैन ।

त्यसैगरी अन्तराष्ट्रियस्तरको प्रतियोगितामा नेपाल १७ वर्षपछि पहिलो पटक फाइनलमा पुगेको हो । यसअघि नेपालले सन् १९९९ मा दक्षिण एसियाली खेलकुद प्रतियोगितामा फाइनल खेल खेलेको थियो ।

सोही प्रतियोतिगाको सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलअन्तरले पराजित गर्दै फाइनल चरणमा आफ्नो यात्रा सुनिश्चित गरेको हो । लिग चरणको दोस्रो खेलमा पनि नेपाली टोलीले श्रीलङ्कालाई हराउँदै करिब २८ महिनापछि जितको खडेरीलाई तोडेको थियो ।

सो अवधिसम्म करिब १२ खेल खेलेको नेपालले कुनै पनि खेलमा जित हासिल गर्न सकेको थिएन । लगातार १० खेलमा न त जित नै हासिल गर्न सकेको थियो न त गोल नै ।

यसअघि समूह चरणमा तीन खेल खेलेको नेपालले पहिलोे मलेसिया र तेस्रो बङ्गलादेशविरुद्वको खेलमा गोलरहित बराबरी खेलेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी