बङ्गबन्धु गोल्डकपको उपाधिका लागि नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै

बङ्गबन्धु गोल्डकपको उपाधिका लागि नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै

  • शुक्रबार, माघ ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 15.4K
    SHARES

काठमाडौं, ८ माघ ।

बङ्गबन्धु गोल्डकप फुटबलको उपाधिका लागि नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ ।

सेमिफाइनलमा बलियो मानिएको माल्दिभ्सलाई ४ – १ ले पाखा लगाएको नेपालले त्यसैअनुसार सुदृढ प्रदर्शन गर्न तयार रहेको प्रशिक्षक बालगोपाल महर्जनले बताए ।

खेल नेपाली समय आुसार बेलुकी पौने ५ बजे बंगलादेशको ढाकामा रहेको बङ्गबन्धु रंगशालामा हुनेछ ।

झण्डै १७ वर्षको अन्तरालमा अन्तराष्ट्रिय स्पर्धामा नेपाल पहिलो पटक फाइनलमा पुगेको हो । यसअघि नेपालले सन् १९९९ मा दक्षिण एसियाली खेलकुद प्रतियोगितामा फाइनल खेल खेलेको थियो ।

त्यस प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलअन्तरले पराजित गर्दै फाइनल चरणमा आफ्नो यात्रा सुनिश्चित गरेको हो ।

यस अवधिसम्म करिब १२ खेल खेलेको नेपालले कुनै पनि खेलमा जित हासिल गर्न सकेको थिएन । लगातार १० खेलमा नेपालले एउटा पनि गोल गर्न सकेको थिएन।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी