काठमाण्डौं,७ माघ ।
पोखरामा जारी आहा ! रारा गोल्डकप फुटबलमा आज जावलाखेल युथ क्लब र विभागीय टिम आर्मीबीच प्रतिस्पर्धा हुदैछ ।
राष्ट्रिय लिगमा उत्कृष्ट प्रर्दशन गर्दै दोस्रो स्थान हात पारेको आर्मीलाई उपाधिको दाबेदार मानिएको छ ।
ए डिभिजन क्लबका खेलाडी समावेश गर्दै पोखराको यात्रा तय गरेको जावलाखेल सुखद नतिजा निकाल्ने दाउमा छ । खेलको विजेता टोली क्वाटरफाईनल प्रवेश गर्नेछ । खेल पोखरा रंगशालामा दिउँसो साढे २ बजे सूरु हुनेछ ।
यसअघिका खेलमा जित हात पार्दै आयोजक सहारा क्लब र भारतको गोर्खा बिग्रेडले अन्तिम ८ स्थान पक्का गरिसकेका छन् ।
गोर्खा ब्रिगेडले एपीएफलाई २–१ गोल अन्तरले पराजित गरेको थियो भने सहाराले उद्घाटन खेलमा नव जागृती युवा क्लबलाई हराएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline