धरान ,५ माघ ।
धरान १५ स्थित रहेको युनाइटेड गोर्खा एकेडेमीले आउदो माघ ६ गते तेश्रो भलिबल रनिङ कप प्रतियोगीता गर्नै भएको छ । ऐकेडेमीले आज धरानमा पत्रकार सम्मेलनको आयोजना गरि रनिङ्घ कप गर्न लागेकये जानकारी दिईएको हो ।
स्पर्धामा छात्र तर्फ ९ वटा स्कुलहरुले सहभागी जनाएका छन् । त्यस्तै छात्रा तर्फ ७ वटा स्कुलहरु बिच स्पर्धा हुनेछ ।
बुधबारबाट सुरु हुने प्रतियोगितामा छात्र तर्फको पहिलो खेल आयोजक युनाइटेड गोर्खाको बि र सेक्रेट हार्ट स्कुलबिच स्पर्धा हुनुेछ ।
त्यस्तै पूर्व क्षेत्रीय प्रहरी र हाम्रो स्कुल, डिपोट र शिक्षा सदन, कारमेल र लोटस, आयोजक ए र डिपोट साथै अन्तिम खेल कार्मेल र समिट उच्चमावि बिच खेल हुनेछ ।
छात्रा तर्फ आयोजक बि र लोटस, युरेका र हाम्रो स्कुल, आयोजक ए र कारमेल, समिट र हाम्रो स्कुल, डिपोट र सेक्रेट हार्ट, समिट र युरेका बिच खेल हुनेछ ।
प्रतियोगिताको फाइनल माघ ९ गते सम्पन्न हुने छ । प्रतियोगितामा विजेता छात्र तथा छात्राले नै जनही १० हजार र दोस्रोले जनही ७ हजार र तेस्रो हुनेले जनही ५ हजार रुपैयासहित ट्रफी पाउने छन् । त्यस्तै व्यक्तिगत तर्फ एक हजार रुपैयासहित ट्रफी पाउने स्कुलका प्रिन्सिपल पेम्बा शेर्पाले जानकारी दिनुभयो ।