खानेपानी पाउन रातभर जाग्राम बस्छन धरानवासी

खानेपानी पाउन रातभर जाग्राम बस्छन धरानवासी

  • मङ्लबार, माघ ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

धरान ,५ माघ । 

सुख्खा मौसमको समयमा धरानका गृहणीहरु रातभरि सुत्दैनन् कारण घरमा घरमा प्रयोग पानीको जोहोको लागि उनीहरु रातिभरि नसुतेका हुन् ।

सुख्खा मौसम लागेपछि धरानमा पानीको अभाव प्रत्येक बर्ष चुलिदै गएको छ । यसको प्रमुख कारण बर्षेनी बढेको जनसंख्या र धारा जडानको संख्यामा वृद्धि हुनु हो ।

अभावसंगै १० देखि १२ दिनमा बल्ल वल्ल आफ्नो धारामा पानी आउने पालो भएपनि धारामा पानी नचुहिदा बाटोबाटोमा पाइप खोलेर पानी थाप्नुपर्ने बाध्यताका कारण पानी कतिखेरि आउने र थाप्ने चिन्ता नै गृहणीको लागि टाउको दुखाई बन्दै गएको हो ।

एक ग्रागी पानीका लागि बाटामा समेत घण्टौ लाइन लाग्नुपर्ने समस्या भएकोले प्राय राति १२ बजेको समयपछि पानी आउने गरेकाले रातभरि उनीहरु सुत्न नपाएका हुन् । त्यतिमात्र होइन तीन चार दिनमा एउटा टोलमा खानेपानी संस्थानले एक ट्यांकी पानी वितरण गर्ने गर्दछ, त्यो समयमा समेत उनीहरु लाइनमा लागेर बसेको दृश्य देख्दा जोकोहीलाई कहालाीलाग्दो लाग्न सक्छ ।

धरान १५ की टीकामाया चापागाईलाई सुख्खा मौसम नआएदिए जस्तो लाग्छ । विगत चार पाचबर्षदेखि पानीकै कारण रातभरि सुत्न नपाएको र ढाडको विराम बल्झिदै गएको चापागाईको भनाई छ । चापागाई मात्र होइन धरानका आर्थिक कमजोरी भएका गृहणीहरुको हालत सबैकोयस्तै रहेको छ ।

दैनिक २ करोड लिटर पानी आवश्यक रहेको धरानमा सुख्खा मौसममा मुस्किलले १ करोड ३० लाख पानीको जोहोमात्र गर्न सक्ने संस्थानकै
कर्मचारीको भनाई छ ।

धरानको पानीको स्रोत मानिएको सर्दु, खर्दु र तामाखाम जलाधार क्षेत्र सुख्खा मौसमसंगै पानीको स्रोत सुक्नु र तरहराको जंगलबाट बोरिङ्ग गरेर ल्याउने पानी समेत लोडसेडिङका कारण दैनिक दुई वटा २० ट्यांकर अथवा १ लाख ५ हजार लिटर ट्यांकर दैनिक धरानबासीलाईबाड्नुपर्ने बाध्यता रहेको संस्थानकै वितरण शाखाले जानकारी दिएको छ । सस्थानको कर्मचारीहरुको यस भनाईप्रति सर्वसाधारणहरु रुष्ट देखिन्छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी