बंगलादेशलाई हराउदै बहराईन सेमिफाईनलमा

बंगलादेशलाई हराउदै बहराईन सेमिफाईनलमा

  • सोमवार, माघ ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

माघ ४ ढाका । आयोजक बंगलादेशलाई पराजीत गर्दै बहराईनले ढाकामा जारी चौथो बगबन्धु गोल्डकपको फाईनलमा स्थान बनाएको छ ।
आज साझ भएको खेलमा बंगलादेश विरुद्ध बहराईनले ४४ औं मिनेटमा गरेको गोल नै बंगलादेश विरुद्ध जीत निकाल्न पर्याप्त रह्यो ।
बंगलादेशले गोलका थुप्रै अवसर जुटाए पनि गोल गर्न नसक्दा प्रतियोगीताबाट नै बाहिरीन पुग्यो । दोस्रो सेमिफाईनलमा भोली नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुने छ ।

यसअघि भएको प्रिम्याच प्रेस कन्फेरेन्समा नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक वाल गोपाल महर्जनले बगबन्धु गोल्डकपमा मंगलबार हुने सेमिफाईनलमा माल्दिभ्स विरुद्ध जसरी पनि जीत निकाल्ने दावी गरेका छन् ।

प्रशिक्षक महर्जनले माल्दिभ्स चीर परिचित र राम्रो प्रतिद्धन्दी टिम भएको स्मरण गर्दै नेपाली टिम र खेलाडीले सामुहिक र व्यक्तिगत रुपमा समेत राम्रो प्रदर्शन गरीरहेकाले सेमिफाईनल जीत्ने संभावना बलियो रहेको बताए । नेपाली टिमका कप्तान बिराज महर्जनले पनि आफ्नो टिमले पूर्ण तयारी गरेको र विपक्षीबारे जानकारी रहेकाले फाईनल पुग्ने संभावना रहेको बताए ।

माल्दिभ्सका प्रशिक्षक रिकि हरबर्टले नेपाल विरुद्धको सेमिफाईनल रोमाञ्चक हुन सक्ने दावी गरे । नेपाल र माल्दिभ्स दुवै अपराजीत टोलीको रुपमा सेमिफाईनल पुगेका हुन् । नेपालले पहिलो खेलमा मलेशियाको फेल्डा एफसी र बंगलादेशसग‘ गोल रहित बराबरी खेलेको थियो भने श्रींलकालाई १–० ले हराएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी