माघ ४ ढाका । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक वाल गोपाल महर्जनले बंगलादेशमा जारी बगबन्धु गोल्डकपमा मंगलबार हुने सेमिफाईनलमा माल्दिभ्स विरुद्ध जसरी पनि जीत निकाल्ने दावी गरेका छन् ।
प्रिम्याच प्रेस कन्फेरेन्समा बोल्दै प्रशिक्षक महर्जनले माल्दिभ्स चीर परिचित र राम्रो प्रतिद्धन्दी टिम भएको स्मरण गर्दै नेपाली टिम र खेलाडीले सामुहिक र व्यक्तिगत रुपमा समेत राम्रो प्रदर्शन गरीरहेकाले सेमिफाईनल जीत्ने संभावना बलियो रहेको बताए ।
नेपाली टिमका कप्तान बिराज महर्जनले पनि आफ्नो टिमले पूर्ण तयारी गरेको र विपक्षीबारे जानकारी रहेकाले फाईनल पुग्ने संभावना रहेको बताए । माल्दिभ्सका प्रशिक्षक रिकि हरबर्टले नेपाल विरुद्धको सेमिफाईनल रोमाञ्चक हुन सक्ने दावी गरे ।
नेपाल र माल्दिभ्स दुवै अपराजीत टोलीको रुपमा सेमिफाईनल पुगेका हुन् । नेपालले पहिलो खेलमा मलेशियाको फेल्डा एफसी र बंगलादेशसग‘ गोल रहित बराबरी खेलेको थियो भने श्रींलकालाई १–० ले हराएको थियो । त्यस अघि आजै आयोजक बंगलादेश र बहराईनबीच पहिलो सेमिफाईनल खेल हुदै छ ।