ला लिगामा शीर्ष स्थानको एथ्लेटिको मड्रिड विजयी

ला लिगामा शीर्ष स्थानको एथ्लेटिको मड्रिड विजयी

  • सोमवार, माघ ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौ ४ माघ ।  

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा शीर्ष स्थानको एथ्लेटिको मड्रिडले लास पालमसलाई ३–० ले पराजित गरेको छ ।

खेलको १७ औं मिनेटमा फिलिपे लुइसको गोलबाट एथ्लेटिको मड्रिडले सुरुवाती अग्रता लिए । पहिलो हाफमा १–० को अग्रता लिएको एथ्लेटिकोका लागि ६८ र ८९ औं मिनेटमा एन्टोन ग्रिजम्यानले दुई गोल गरेपछि लास पालमस ३–० ले पराजित भयो ।

जितपछि शीर्ष स्थानको एथ्लेटिको मड्रिडको २० खेलबाट ४७ अंक भएको छ । समान २० खेलबाट १८ अंक जोडेको लास पालमस १६ औं स्थानमा छ ।

गएराति नै सम्पन्न अन्य खेलमा गेटाफेले स्पानियोललाई ३–१ ले पराजित गरेको छ भने भ्यालेन्सिया र रायो भालेकानोले २–२ को बराबरीमा रोकिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी