बङ्बन्धु गोल्ड कप : भोलिदेखि सेमिफाइनलका खेल

बङ्बन्धु गोल्ड कप : भोलिदेखि सेमिफाइनलका खेल

  • आइतवार, माघ ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौँ, ३ माघ ।

बङ्गलादेशमा जारी बङ्बन्धु गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल खेल भोलिदेखि हुने भएको छ ।

बङ्गलादेशको ढाकास्थित बङ्बन्धु राष्ट्रिय रङगशालामा हुने खेलमा पहिलो सेमिफाइनलको खेल आयोजक बङ्गलादेश र बहराइन सोमबार साँझ ५ः४५ आमने सामने हुनेछन् । त्यस्तै दोस्रो सेमिफाइनल खेलमा भने मङ्गलबार नेपालले माल्दिभ्सको सामना गर्नेछ ।

प्रतियोगितामा बङ्गलादेश समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने बहराइन समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनलको यात्रा तय गरेको हो । त्यस्तै, समूह चरणको खेलमा तीन खेल खेलेका बङ्गलादेशले एक खेलमा जित तथा दुई खेल बराबरीको नजिता ल्याएको थियो ।

बङ्गलादेशले पहिलो खेलमा श्रीलङ्कालाई ४–२ गोलअन्तरले पराजित गरेको थियो भने दोस्रो मलेसियाविरुद्वको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको थियो । त्यस्तै तेस्रो तथा अन्तिम नेपालविरुद्वको खेल गोलरहित बराबरीमा टुगिङ्एको थियो ।

समान तीन खेल नै खेलेको बहराइनको एक खेलमा जित तथा दुई खेलमा बराबरीको नजिता आएको थियो । बहराइनले कम्बोडियालाई १–० गोलअन्तरले पाखा लगाएको थियो भने बङ्गलादेश र माल्दिभ्सविरुद्वको खेल समान १–१ गोलको बराबरीमा टुङ्गिाएको थियो ।

त्यसैगरी नेपाल भने समूह ‘ए’ को उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । माल्दिभ्स समूह ‘बी’ को विजेता हो । समूह चरणको खेलमा तीन खेल खेलेको नेपालले एक खेलमा जित तथा दुई खेलमा बराबरीको नतिजा ल्याएको थियो ।

नेपालले श्रीलङ्कालाई १–० गोलअन्तरले पराजित गरेको थियो भने बङ्गलादेश र मलेसियासँग गोलरहित बराबरी खेलको थियो । समान तीन खेल नै खेलेका माल्दिभ्सले भने दुई खेलमा जित तथा एक खेल बराबरीमा खेलको थियो ।

माल्दिभ्सले कम्बोडिया र बङ्गलादेशलाई पराजित गरेको थियो भने बहराइनसँग बराबरी खेलको थियो । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी