अक्षराङ्कन प्रणालीमा आधारित प्रवेशिका नमुना परीक्षा सुरु

अक्षराङ्कन प्रणालीमा आधारित प्रवेशिका नमुना परीक्षा सुरु

  • आइतवार, माघ ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

भक्तपुर, ३ माघ । सरकारले प्रवेशिका परीक्षामा यस वर्षदेखि लागू गरेको अक्षराङ्कन प्रणाली बारेमा विद्यार्थी तथा अभिभावकलाई जानकारी दिने उद्देश्यले आजदेखि यहाँ नमुना प्रवेशिका परीक्षा सुरु भएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) भक्तपुरअन्तर्गत रहेका विद्यालयबाट आगामी चैत १८ गतेदेखि सुरु हुने परीक्षामा सहभागी हुने परीक्षार्थीका लागि नमुना परीक्षा सञ्चालन गरिएको प्याब्सन भक्तपुरका उपाध्यक्ष श्रीकृष्ण केसीले जानकारी दिनुभयो ।

‘लेटर ग्रेडिङ सिस्टम’का बारेमा विद्यार्थी तथा अभिभावक अझै पनि अलमलमा रहेकाले त्यस्तो अलमललाई हटाएर सहयोग पु¥याउने उद्देश्यले जिल्लामा १० परीक्षा केन्द्र निर्धारण गरी परीक्षा सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

उपाध्यक्ष केसीले भन्नुभयो ˗ “यो परीक्षा कक्षा १० को टेस्ट वा प्रिएसएलसी होइन, सरकार, विद्यार्थी र अभिभावकलाई सहयोग पुग्ने गरी लेटर ग्रेडिङ प्रणालीको नमुना एसएलसी परीक्षा मात्रै हो ।”

त्यसैगरी राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (एन प्याब्सन) भक्तपुरले पनि यही माघ १४ गतेदेखि यस्तै परीक्षा सञ्चालन गर्ने भएको एन प्याब्सन भक्तपुरका अध्यक्ष जिबी खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “यो परीक्षाले परीक्षार्थीको मनमा रहेको लेटर ग्रेडिङको हाउगुजी हट्छ र आगामी एसएलसी परीक्षा दिन उनीहरुलाई सजिलो हुन्छ ।”

इसान भक्तपुरले पनि इसानअन्तर्गत रहेका विद्यालयका विद्यार्थीका लागि यस्तो परीक्षा सञ्चालन गरेको छ । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी