लिसेस्टर पुनः शीर्ष स्थानमा फर्कियो

लिसेस्टर पुनः शीर्ष स्थानमा फर्कियो

  • आइतवार, माघ ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं,३ माघ ।

लिसेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ ।

गए राति समपन्न खेलमा अंकतालिकाको पुछारमा रहेको एस्टन भिल्लासँग १–१ को बराबरी खेलेको लिसेस्टर सिटी आर्सनललाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो ।

२८ औं मिनेटमा सिन्जी ओकाजाकीले लिसेस्टरलाई सुरुवाती अग्रता दिलाएपनि ७५ औं मिनेटमा एस्टन भिल्लाका रुडी गेस्टेडले बराबरी गोल फर्काएपछि खेल १–१ को बराबरीमा सकिएको थियो ।

शीर्ष स्थानमा उक्लिएको लिसेस्टरको २२ खेलबाट ४४ अंक भएको छ । लिसेस्टर सिटी म्यानचेस्टर सिटी र आर्सनल भन्दा एक अंकले अघि छ ।

आज राति स्टोकसँगको खेल बराबरी गरेमा पनि आर्सनल शीर्ष स्थानमा फर्किने छ । आर्सनलको २१ खेलबाट ४३ तथा म्यानचेस्टर सिटीको २२ खेलबाट ४३ अंक छ ।

पुछारको एस्टन भिल्लाको २२ खेलबाट १२ अंक मात्रै छ । शनिबार राति नै भएको न्युक्यासलले वेष्ट ह्यामलाई २–१ तथा साउथह्यामप्टनले वेष्ट ब्रोमलाई ३–० ले हरायो । हार पछि पनि वेष्ट ह्याम २२ खेलबाट ३५ अंकसहित पाँचौं स्थानमा छ ।

समान २२ खेलबाट ३० अंक जोडेको साउथह्यामप्टन दशौं, २७ अंकसहित वेष्ट ब्रोम १३ औं तथा २१ अंक जोडेको न्युक्यासल १७ औं स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी